माओवादीलाई क्रान्तिकारी पार्टीमा रुपान्तरण गर्न सम्भव छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष एवम् उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीलाई क्रान्तिकारी रुपान्तरण गर्न सम्भव भएको टिप्पणी गरेका छन् । पार्टीको प्रवास समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले माओवादी पार्टी मात्रै रुपमान्तरण भएर क्रान्तिकारी पार्टी निर्माण गर्न सकिने बताए ।
‘यो परिवर्तन ल्याउन प्रचण्ड कमरेडले भूमिका खेल्नुभयो । उहाँबाटै देशको रुपमान्तरण गर्न सम्भव छ’ श्रेष्ठले भने, ‘हामी नै संसद विघटन हुँदा प्रतिगमनका विरुद्ध लड्यौं र परास्त गर्यौ । हामी परिवर्तनलाई आत्मसात गरेर अघि बढेर समाजवादीमा पुग्न सक्छौं ।’ उपप्रधानमन्त्री श्रेष्ठले माओवादीलाई मात्रै रुपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन सम्भव भएको उल्लेख गरेको एक नेताले बताए ।
अरु पार्टीहरु धेरै बिग्रिसकेकाले माओवादीलाई मात्रै रुपमान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन सकिने श्रेष्ठले बताए । माओवादी पार्टीले गल्ती गरेपनि आत्मआलोचना गरेर जनता सच्चिने प्रतिवद्धता समेत गर्ने गरेको उनको भनाई थियो । विदेशमा रहेका नेपालीलाई पार्टीमा जुट्न पनि श्रेष्ठले आग्रह गरे ।
यस्तै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले विदेशमा रहेका नेपालीको सुख दुःखमा रहेर काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने समेत शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण