आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शोकसभामा सहभागी हुन हिँडेका ८ जनाको दुर्घटनामा मृत्यु

शनिबार, ०२ वैशाख २०८०, १५ : ५६
शनिबार, ०२ वैशाख २०८०

श्रावस्ती । उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।  आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ६ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप