सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघमा साना व्यवसायीहरुको प्रतिनिधित्व बढाउनेगरी काम गर्छुः अध्यक्ष ढकाल

आइतबार, ०३ वैशाख २०८०, १४ : ०९
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन् । आइतवार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा उनले अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन् ।  महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । 

 ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभर गरेपछि अध्यक्ष ढकालले साना व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताए । उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताए । 

उनले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता जनाए । 
उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता जनाए। उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने र लगानीको वातावरण बनाउन पहल गर्ने बताए । 

यस्तै उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै उनले सरोकारवाला पक्षहरु सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए । उनले सरकार र निजी क्षेत्रबीच साझेदारी ग¥यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिवद्धता पनि जनाए । 

उनले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए । त्यस्तै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप