शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्रमा विवरण रुजु गर्ने काम निजी कम्पनीलाई दिएकोमा सांसद केसीको आपत्ति

आइतबार, ०३ वैशाख २०८०, १४ : ३५
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् ।  

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यो काम स्वीकार्य हुनै नसक्ने बताएका हुन् ।  

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्षम्य रहेको बताए । उनले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बताए । 

अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भएपनि उनीहरुले पनि पुरानै गल्ती दोहो¥याउने काम गरिरहेको दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप