इक्वेडर जेल झडपमा बाह्र कैदीको मृत्यु
ग्वायाकिल-ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारागारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् ।
गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । साताको प्रारम्भमा तीन जना महिला सुरक्षाकर्मी मारिएको घटना सेलाउन नपाउँदै झुण्डिएका बन्दी देखेपछि आपसमा भीषण झडप भएको हो ।
मृतकका शरीरमा गोली लागेका घाउ पनि छन् । यो नरसंहारको अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । भाडाका हत्याराले ती महिलालाई गोली हानेको बताइएको छ ।
देशको राष्ट्रिय सेना र प्रहरीले दुई दिनको अथक प्रयासपछि कारागारको विषम स्थितिलाई साम्य पारेको छ । ग्वायाकिल कारागारमा छ हजार आठ सय कैदी छन् ।
विश्वका प्रमुख कोकिन उत्पादक मुलुक कोलम्बिया र पेरुको बीचमा अवस्थित ग्वायाकिल हालैका वर्षमा लागू औषध तस्करीको केन्द्रबिन्दु बनेको छ ।
फेब्रुवरी २०२१ यता इक्वेडरका जेलमा आठ वटा यस्ता वीभत्स हत्याका घटना भइसकेका छन् । ती घटनामा चार सयभन्दा बढी कैदीले ज्यान गुमाएका छन् । धैरेको शव टुक्राटुक्रा पारिएको तथा जलाइएको अवस्थामा भेटिएका थिए ।
लागूऔषध तस्करहरूले जेललाई आफ्नो कारोबार सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दा इक्वेडरमा यस्ता घटना बारम्बार हुने गरेका छन् । गत सेप्टेम्बरमा पनि इक्वेडरको अर्को एक कारागारमा यस्तै झडप हुँदा एक सय बीस जना कैदीको मृत्यु भएको थियो ।-(रासस /एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण