शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री खनाल र प्रकाण्डबीच भेटवार्ता

आइतबार, ०३ वैशाख २०८०, १६ : ४६
आइतबार, ०३ वैशाख २०८०

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ । आइतबार खनाल निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । 

यस्तै प्रकाण्डले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महारासँग पनि भेटवार्ता गरेका छन् । महरा र प्रकाण्डबीच माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप