मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : सचिव भट्टराई

आइतबार, ०३ वैशाख २०८०, १८ : १३
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन् । 

आइतबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानुन, संविधानलाई ढाँट्नु भएको बताए । उनले एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए ।

उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए । उनले रास्वपा सभापति लामिछाने अग्र्यानिक क्याण्डिडेट नभएको बताए । उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध गरे ।  

सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए ।  

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप