जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : सचिव भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन् ।
आइतबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानुन, संविधानलाई ढाँट्नु भएको बताए । उनले एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए ।
उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए । उनले रास्वपा सभापति लामिछाने अग्र्यानिक क्याण्डिडेट नभएको बताए । उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध गरे ।
सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण