पाकिस्तानी मन्त्रीको सडक दुर्घटनामा मृत्यु
इस्लामावाद । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ । मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ ।
इस्लामावादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उनको लागि घातक साबित भएको बताए । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवंगत मन्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण