लगातार तेस्रो खेलमा बार्सा गोलविहीन
आइतबार, ०३ वैशाख २०८०, २२ : ४९

मड्रिड । लगातार तेस्रो खेलमा गोल गर्न नसकेको बार्सिलोना ला लिगामा गेटाफेसँग बराबरीमा रोकिएको छ । यसअघि बार्सा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको थियो भने रियल मड्रिडसँग ४–० गोलले पराजित भएको थियो ।
आइतबार भएको खेलको पहिलो हाफमा रोफिना र अलेहान्द्रो बाल्डेको प्रहार पोस्टमा लाग्दा बार्सा गोल गर्नबाट चुकेको थियो । बराबरीका बाबजुद ९ खेल बाँकी छँदा बार्सिलोनाले लिगको शीर्ष स्थानमा चिर प्रतिद्वन्द्वी रियलभन्दा ११ अङ्कको अग्रता कायम राखेको छ । खेलमा सर्जी रोबर्टो घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर