दूधको पैसा नतिरेपछि बुटवलका पसलमा किसानले दिए धर्ना
सोमबार, ०४ वैशाख २०८०, १२ : ५५
रुपन्देही । रुपन्देहीको बुटवलस्थित कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले दूध खरिद गरेको रकम नतिरेपछि किसानहरु विरोधमा उक्रिएका छन् । किसानहरु पसलमै आएर धर्ना दिएका छन् । रूपन्देहीको सैनामैना नगरपालिका साल्झण्डीस्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थालाई दूध बेचेका किसानहरु धर्ना दिन आएका हुन् ।
लामो समयसम्म दूधको पैसा नदिएपछि सहकारीले किसानलाई आन्दोलनमा उतारेको हो । सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरेका अनुसार कस्तूरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार तिर्न बाँंकी छ । पटक–पटक चेक दिने तर पैसा नभएको चेक दिएर किसानलाई झुक्कयाउँदै आएकाले
अनिश्चितकालीन धर्नामा उन्रिनुपरेको सहकारीका अध्यक्ष घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण