सामुदायिक विद्यालयको फोहोर बाहिर ननिकालिने : नमूनाका लागि गीतामाता स्कूलमा सामुदायिक कम्पोष्ट बिन
काठमाडौं । स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयबाट उत्पादन भएको जैविक फोहोर व्यवस्थापनका लागि सोमबारदेखि कम्पोष्टिङ सुरु गरिएको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने र जैविक फोहोरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रम प्रवर्द्धन गर्दै काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक कार्यक्रमबीच कम्पोष्टिङ सुरु गरेको छ ।
यस विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले खाना तथा खाजा खाँदा उत्पादन भएको फोहोर कम्पोष्टिङ गरिने भएको हो ।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले, विद्यालयमा राखिएको सामुदायिक कम्पोष्ट बिनले विद्यालयको फोहोर व्यवस्थापनसँगै विद्यार्थीमार्फत समुदायमा घरेलु फोहोर व्यवस्थापनमा सन्देश प्रवाह गर्ने बताए ।
शिक्षा विभागले १ हजारभन्दा धेरै विद्यार्थी भएका विद्यालयबाट उत्पादन भएको फोहोर व्यवस्थापनका लागि कतै कम्पोष्टिङ राख्ने, कतै गड््यौले मल बनाउने, कतै अन्य प्रविधि राख्ने योजना बनाएको उनले बताए । वातावरणीय अध्ययनका लागि सामुदायिक विद्यालयका परिसर नै अवलोकन भ्रमणस्थल बन्न सक्ने उनको भनाइ छ ।
महानगरले परिवारका लागि १ सय लिटर क्षमताको र धेरै व्यक्तिबाट फोहोर उत्पादन हुने भए २ हजार लिटरको सामुदायिक कम्पोष्टिङ बिनको प्रयोग प्रवर्द्धन गरिरहेको छ । माघ २४ गते वडा ४ को शंखपार्कमा २ हजार लिटरको एउटा बिन राखिएको छ । यसपछि माघ २९ गते बालाजु उद्यान परिसरका २ ठाउँमा २÷२ हजार लिटरका २ वटा बिन राखिएका छन् ।
गएको फागुन १२ गतेदेखि बानेश्वर क्षेत्रबाट छुट््याइएको जैविक फोहोर ल्याएर बायो ग्याँस प्लान्टमा प्रयोग गर्न थालिएको छ । रत्नपार्कमा गएको ७ वर्षदेखि बिन प्रयोगमा छ । यसबाट वार्षिक ८ सय किलोग्राम मल उत्पादन भइरहेको छ ।
सहरमा विभिन्न खालका प्रदुषणको समस्या भएको र यी सबै समस्या समाधान गर्न समाजमा बस्ने हरेक व्यक्तिले समान जिम्मेवारी पूरा गर्नुपर्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए । काठमाडौं महानगरपालिकाको जिम्मेवारीसँग जोडिएको घरेलु फोहोरको दिगो व्यवस्थापनमा नतिजा ल्याउनु अहिलेका लागि मूख्य भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण