चीनको दाबी – पछिल्लो त्रैमासिकमा अर्थतन्त्रमा ४.५ प्रतिशतको वृद्धि
मङ्गलबार, ०५ वैशाख २०८०, १० : ०३
चीनले पछिल्लो त्रैमासिकमा आफ्नो अर्थतन्त्रले ४.५ प्रतिशतको वृद्धि हासिल गरेको बताएको छ । चीनले कोभिड प्रतिबन्धहरू खुकुलो पारेपछि आफ्नो अर्थतन्त्रले गति लिएको र विज्ञहरूको अनुमानलाई गलत देखाउँदै ४.५ प्रतिशत वृद्धि भएको बताएको छ ।
यसअघिको अनुमानमा अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले मात्रै वृद्धि हुने बताइएको थियो । डिसेम्बरमा, चीनले कार्यस्थलहरूमा पछिल्लो तीन वर्षदेखि लागू गरिँदै आएको कोभिड प्रतिबन्ध अन्त्य गरेको थियो ।
प्रतिबन्ध अन्त्य भएपछि खुद्रा बिक्री र औद्योगिक उत्पादनमा वृद्धि भएको छ । चीनले सन् २०२३ मा पाँच प्रतिशत वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।
गत वर्ष चीनको अर्थतन्त्र वृद्धिको हिसाबले लक्ष्यभन्दा धेरै पछाडि थियो । विश्वका धेरै अर्थतन्त्र सुस्त अवस्थामा रहेको बेला चीनले ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण