सहिद स्मारक ए डिभिजन लिग : खुमलटारलाई एनआरटीले हरायो
काठमाडौँ । यसै सिजन बढुवा भएको खुमलटार यूथ क्लबलाई मंगलबार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० औं चरणको पहिलो खेलमा एनआरटीले सुखद् नतिजा निकालेको हो । एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव बिष्ट र मोहित गुरुङले समान एक गोल गरे ।
खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए । शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोली पहिलो हाफमा गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए । खेलको २३ औं मिनेटमा एनआरटीका निकोलस सङले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको प्रयास निकै फितलो भएको थियो । लगत्तै खुमलटार काउन्टरमा गरेपनि सफल हुन सकेन । ३१ औं मिनेटमा खुमलटारका अभिषेक बर्माको लामो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिँदा खुमलटारको अवसर खेर गएको थियो ।
खेलको ३३ औं मिनेटमा अनमार्क रहेका एनआरटीका सरोज तामाङ पेनाल्टी बक्सभित्र चुके । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सरोजले अर्को अवसर खेर फाले । फ्री हेडर बललाई सही दिशा दिन नसक्दा खुमलटारका गोलकिपर देव लिम्बूले सहजै नियन्त्रणमा लिएका थिए ।
दोस्रो हाफमा भने एनआरटीले सुधारिएको प्रदर्शन देखायो । आक्रामक देखिएको एनआरटीका लागि पहिलो हाफमा निकै अवसर पाएका सरोजले गोलको खाता खोले । सुशन श्रेष्ठको क्रसमा पासमा सरोजले हेडरमार्फत जाली चुमाउँदा एनआरटीले अग्रता लिएको थियो । अग्रता लिएसँगै मनोबल उच्च बनाएर खेलेको एनआरटीका लागि ८२ औं मिनेटमा सञ्जीवले टोलीको अग्रता दोब्बर बनाए ।
सन्जिवले कृतिस रत्न छुन्जूको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । त्यसको तीन मिनेटपछि मोहितले कृतिसकै पासमा टोलीका लागि तेस्रो गोल थपे । पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्तोवना गोल फर्कायो । श्यामले गोल गर्दै अग्रता छोट्याएपनि उनको टोली खुमलटार खेलमा फर्किन असफल रह्यो र अंक एनआरटीलाई सुम्पिन बाध्य बन्यो ।
दशौं चरणको पहिलो खेलमा सुखद नतिजा निकालेको एनआरटीले दोस्रो जित सहिज तालिकामा १० खेलबाट १० अंक नै बनाएको छ । यस अघि एनआरटीले चार बराबरी र चार हारको नतिजा भोगेको छ । उता पराजय व्यहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ एनआरटी भन्दा एक स्थान मुनी ११ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण