मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ज्ञानगुन :  कृत्रिम सूर्यको सफल परीक्षण कहिले गरिएको थियो

बुधबार, ०६ वैशाख २०८०, १० : ०३
बुधबार, ०६ वैशाख २०८०

१, नेपालको ७७ जिल्लामध्ये कतिवटा जिल्लामा कारागार निर्माण गरिएको छैन ?

(क) दुई (ख) तीन (ग) चार (घ) पाँच 

२, चर्चित पुस्तक ‘कोरोना कैरन’ का लेखक को हुन् ?

(क) खगेन्द्र सङ्ग्रौला (ख) समीर पाण्डे (ग) अमर न्यौपाने (घ) गोपी सापकोटा

३, हरेक वर्ष विश्व खाद्य दिवस कुन दिन मनाउने गरिएको छ ? 

(क) अक्टोबर १५ (ख) अक्टोबर १६ (ग) अक्टोबर १७ (घ) अक्टोबर १८

४, नेपालमा बालश्रम निवारण दशक भनेर कुन अवधिलाई लिइएको छ ?

(क) वि.सं. २०७३–२०८३ (ख) २०७४–२०८४ (ग) २०७५–२०८५ (घ) २०७६–२०८६ 

५, नेपालमा सरसफाइ सप्ताह मनाउने चलन कहिलेदेखि चलाइएको हो ?

(क) २०५६ साल (ख) २०५७ साल (ग) २०५८ साल (घ) २०५९ साल

६, कुन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी पाटे बाघ पाइने गरेको छ ?

(क) खप्तड राष्ट्रिय निकुञ्ज (ख) शे–फोक्सुम्डो राष्ट्रिय निकुञ्ज (ग) चितवन राष्ट्रिय निकुञ्ज (घ) कोशी टप्पु वन्यजन्तु आरक्ष

७, आचार्य चाणक्य भनेर चिनिने विश्वप्रसिद्ध विद्वान्को वास्तविक नाम के हो ?

(क) चन्द्र गुप्त (ख) विष्णु गुप्त (ग) जिष्णु गुप्त (घ) धर्म गुप्त

८, नेपालमा अवकासपछि पेन्सन दिने चलनको सुरुवात कसको पालामा भएको हो ?

(क) जुद्ध शम्शेर (ख) पद्म शम्शेर (ग) मोहन शम्शेर (घ) विश्वेश्वरप्रसाद कोइराला

९, जनवादी गणतन्त्र चीनले कृत्रिम सूर्यको सफल परीक्षण कहिले गरेको थियो ?

(क) २०२२ जनवरी १ (ख) २०२२ जनवरी २ (ग) २०२२ जनवरी ३ (घ) २०२२ जनवरी ४ 

१०, नेपालमा सुनकोशी नामको गाउँपालिकाको सङ्ख्या तीनवटा छ भने लिखु नामको गाउँ पालिकाको सङ्ख्या कतिवटा छ ?

(क) दुई (ख) तीन (ग) चार (घ) पाँच  

११, शिक्षाको क्षेत्रमा लिने गरिएको षडकोण आकृतिको चिह्नलाई कसको प्रतीक मानिन्छ ? 

(क) माता सरस्वती (ख) माता लक्ष्मी (ग) माता पार्वती (घ) माता काली  

                                    सही उत्तर 

१–(घ), २–(क), ३–(ख), ४–(ग), ५–(क), ६–(ग), ७–(ख), ८–(क), ९–(क) १०–(ग)  ११–(क) 

स्रोत -विभिन्न पत्रपत्रिका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप