बारामा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल
काठमाडौँ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् । चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए ।
एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र नं. २ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेन्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए ।
‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने– ‘जनताले अब जातीय नारा बोकेर आउनेलाई होइन, विकासको एजेन्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनता आवश्यकतासँग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताए ।
सत्ता र स्वार्थका लागि मतदाताको भावनासँग खेल्नेहरूलाई जनताले अब बुझिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको बताएका छन् । घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलको भनाई थियो । वैशाख १० गते हुने निर्वाचनबाट यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रूपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण