प्रकाश सपुतको ‘सकम्बरी’ ५ दिनदेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका केही गीत आएको पत्तो हुँदैन । केही गीतले भने सार्वजनिक दिन देखिनै चर्चामा रहन सफल हुन्छ । यस्तै सार्वजनिक दिन देखि नै चर्चामा रहन सफल गीत हो गायक प्रकाश सपुतको ‘सकम्बरी’(फूलमाया) ।
५ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल यो गीतले उक्त स्थानमा आफ्नो कब्जा कायमै राखेको छ ।
गीतले बुधबार समाचार तयार गर्दासम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोलाई लिएर भने विभिन्न आलोचना भइरहेका छन् । कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को कथा बुनिएको भिडियोले कला क्षेत्रलाई नकारात्मक देखाएको टीकाटिप्पणी भइरहेको छ । केही सङ्घसंस्थाले गीत हटाउन माग गर्दै विरोधका विज्ञप्ति पनि जारी गरेका छन् ।
भिडियोका निर्देशक सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । भिडियोमा सपूतको अलावा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण