महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
बुधबार, ०६ वैशाख २०८०, १६ : ३४
महोत्तरी । महोत्तरीमा मोटरसाइकल र बस आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ ।
गौशालास्थित रेल्वे पुल नजिकै मुख्य सडकमा बर्दिवास जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । बा.३ख २३९६ नम्बरको बस र मधेस प्रदेश ०१ ००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलचालक सिराहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी पाँच वर्षीया अंशु मण्डलको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण