महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
बुधबार, ०६ वैशाख २०८०, १६ : ३४

महोत्तरी । महोत्तरीमा मोटरसाइकल र बस आपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ ।
गौशालास्थित रेल्वे पुल नजिकै मुख्य सडकमा बर्दिवास जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । बा.३ख २३९६ नम्बरको बस र मधेस प्रदेश ०१ ००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलचालक सिराहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी पाँच वर्षीया अंशु मण्डलको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको खेल तालिका आज सार्वजनिक हुँदै
-
समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै
-
अझै खुलेनन् सुनचाँदी पसल, व्यवसायी राष्ट्रिय भेलामा
-
असारमा केन्द्रीय समिति बैठक बोलाउनेबारे के भन्छन् माओवादी नेताहरू ?
-
एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न
-
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन