राहुल गान्धीलाई अदालतको झट्का
बिहीबार, ०७ वैशाख २०८०, ११ : ४८
भारतको कांग्रेस नेता राहुल गान्धीलाई सुरतको सेसन कोर्टबाट ठुलो झट्का लागेको छ । अदालतले मानहानि मुद्दामा राहुल गान्धीको अपिल खारेज गरेको छ । कांग्रेसले सेसन कोर्टको यो निर्णयविरुद्ध उच्च अदालतको ढोका ढकढकाउने जानकारी दिएको छ ।
२३ मार्चमा सुरतको ‘सेसन कोर्ट’ ले राहुल गान्धीलाई दुई वर्षको सजाय सुनाएको थियो र यो निर्णयलाई चुनौती दिनका लागि एक महिनाको समय पनि दिएको थियो । ‘सेसन कोर्ट’ मा राहुल गान्धीले आफ्नो सजायविरुद्ध यो चुनौती दिएका थिए ।
सन् २०१९ मा मोदी थरको विषयमा एउटा विवादास्पद बयान दिएका थिए । सुरतको ‘सेसन कोर्ट’ ले उनलाई दुई वर्षको सजाय सुनायो, यस विरुद्ध उनले पुनरावेदन दायर गरेका थिए ।
‘सेसन कोर्ट’ को निर्णयपछि अघिल्लो महिना राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण