भेट्टाएको मोबाइल दुरुपयोग गरेर हैरानी दिएको आरोपमा युवक पक्राउ
बिहीबार, ०७ वैशाख २०८०, १५ : ३७
काठमाडौँ । भेट्टाएको मोबाइलमा लगइन अवस्थामा रहेको फेसबुक दुरुपयोग गरेर युवतीलाई हैरानी दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर–५ घर भएका २२ ओम प्रकाश महरा छन् ।
महराले भेट्टाएको मोबाइलबाट पीडितको फेसबुकबाट युवतीकै सहोदर दाजुलाई यौनजन्य भिडियो पठाएका थिए । आरोपी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण