शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री प्रचण्ड
चितवन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताएका छन् ।
चितवनको निर्वाचन क्षेत्र नं.२ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपिल गर्दै प्रधानमन्त्रीले भने, 'अघिल्लो पटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छु। यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं।'
उनले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनवासीलाई अपिल गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकोमा प्रधानमन्त्रीले जोड दिए ।
यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतले विजयी गराउन चितवनवासीलाई अपिल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा बागमती सरकारको बजेट खर्च करिब ४५ प्रतिशत, जेठमा मात्र १० प्रतिशत खर्च
-
चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको छ : उद्योगमन्त्री
-
पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको मारमा स्थानीय : तिलगंगाका विस्थापित विगत ४५ दिनदेखि धर्नामा
-
भारतीय प्रतिबन्धविरुद्ध अदालत गयो टेलिग्राम
-
सरकारका मन्त्री बोलिरहँदा श्रम संस्कृतिले किन गर्यो विरोध ?
-
नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण