सहिद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पासँग थ्री स्टारको जित
काठमाडौँ । लाकेन लिम्बूको निर्णायक गोलको सहयोगमा थ्री स्टार क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ ।
ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पाले थ्री स्टारलाई दबाब दिएर खेलेपनि नतिजा थ्री स्टारको पोल्टामा परेको हो । खेलको १४औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यको पासमा लाकेन लिम्बूको प्रहार सञ्जितको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । यद्यपि गोल लाकेन लिम्बूमा रह्यो । पछि परेसँगै खेलमा फर्किन हिमालयन शेर्पाले निकै मेहनत ग¥यो ।
तर ३४औं मिनेटमा आदित्यको प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले बचाउँदा थ्री स्टारले अग्रता दोब्बर बनाउने अवसर गुमायो । ४८ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा हिमालयनले बराबरी गर्ने अवसर गुमाएको थियो । विश्वासको प्रहार बाहिरियो ।
थ्री स्टारका पटिर सेगुनले अबायोमी फकुन्लेलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । तर विश्वास श्रेष्ठ चुक्न पुगे । यस जितसँगै थ्री स्टार १० खेलमा ५ जित, ३ बराबरी र २ हारको नतिजासहित १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको हिमालयन समान खेलबाट २ जित, ३ बराबरी र ५ हारको नतिजासहित ९ अंकका साथ १३ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण