मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
समाचार

मधेस प्रदेशका कृषि मन्त्रीले सार्वजनिक गरे ३१ बुँदे योजना

बिहीबार, ०७ वैशाख २०८०, २१ : १५
बिहीबार, ०७ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले ३१ बुँदे योजना सार्वजनिक गरेका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३१ बुँदे योजना सार्वजनिक गरेका हुन् । योजना सार्वजनिक गर्दै उनले मधेस कृषि प्रधान प्रदेश रहेकाले कृषि क्षेत्रलाई विशेष महत्त्व दिएर यी योजनाहरू तयार पारिएको जानकारी दिए ।

सार्वजनिक योजनामा रासायनिक मललाई बिस्तारै विस्थापन गर्दै लैजाने योजना मन्त्रालयको रहेको उल्लेख गरिएको छ । मधेस प्रदेशमा ३ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहेको, सङ्घीय सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिक टन उपयोगमा ल्याइने र बाँकीमा प्राङ्गारिक मलको प्रयोगलाई बढवा दिने समेत मन्त्रालयको तयारी छ ।

योजना सार्वजनिक गर्दै मन्त्री कुशवाहाले एकलाख किसानलाई गाई, भैसी र बाख्रा वितरण गरिने बताए । यसका लागि विभिन्न एनजिओ तथा आइएनजिओसंग समन्वय गरी बजेट व्यवस्थापन गर्ने मन्त्रालयको लक्ष्य रहेको उनको भनाई छ ।

सार्वजनिक गरिएका योजनामा प्रत्येक पालिकामा साना कृषि बजार प्रवद्र्धन केन्द्र स्थापना, कोल्ड स्टोर निर्माण, प्रत्येक जिल्लामा भेटेनरी एम्बुलेन्सको व्यवस्था, माटो परीक्षणका लागि प्रत्येक वडामा स्वायल टेस्ट किटको व्यवस्था, कृषि पर्यावरणमा आधारित पर्यटनको विकास, मुख्यमन्त्री कृषक उत्थान कार्यक्रम अन्तर्गत कृषि उत्पादनलाई निर्यातको व्यवस्था मिलाउने, किसान परिचयपत्र कार्यक्रमलाई व्यवस्थित बनाउने, कृषिमा स्नातक उत्तीर्णहरूलाई मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा रहेको कर्मचारी अभावलाई ध्यानमा राखेर इन्टर्नमा राख्ने, ईँटा भट्टाका कारण बनेका खाल्डा खुल्डीमा मत्स्य पालन वा हाँस पालनको व्यवस्था मिलाउने, खेती प्रणालीलाई डिजिटलसँग जोडेर जिओग्राफिक इन्फरमेसन सिस्टम र स्याटलाइट सेन्सिंग प्रविधिसँग जोड्ने लगायत रहेका छन् ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीहरूलाई व्यावसायिक खेती तथा पशुपंक्षी र मत्स्यपालनमा संलग्न गराई रोजगारीको अवसर श्रृजना गरिने, प्रत्येक जिल्लामा कृषि इन्जिनियर व्यवस्था गर्ने, धानको मात्रै समर्थन मूल्य तोकिएको समयमा अन्य कृषि उपजहरूको समेत समर्थन मूल्य तोक्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिने मन्त्री कुशवाहाले बताए ।

मन्त्रीले सार्वजनिक ३१ बुँदे योजना यसप्रकारका छन् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप