‘क’ बाट कछुवा पढाउँदै प्रियंका
काठमाडौंँ । वैशाख १ गते प्रदर्शनमा आउन नसकेपछि १५ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म हो ‘नाइँ नभन्नू ल ६’ । फिल्मको ‘क’ बाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
बेनिशा पौडेलको स्वर, डा. सुबोधकुमार पोखरेलको शब्द तथा भुपेन्द्र रायमाझीको संगीत गीतमा छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका कार्की शिक्षिकाको भूमिकामा देखिएकी छन् । गीतमा स्कूले बच्चाबच्चीहरुलाई पढाउँदै गरेको उनलाई देखाइएको छ ।
विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा प्रियंकाका अलावा आँचल शर्मा, आशिर्वाद क्षेत्री ‘नव नायक’, केकी अधिकारी, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेतीका छोरा अथर्व, योगिशा खत्रीलगायतको अभिनय देख्न सकिन्छ ।
निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा भुपेन्द्रसँगै वसन्त सापकोटा र शरद शंकरको पनि संगीत छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् । सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण