‘मानव जातिको सुधार गर्न’ व्यापारीले २६ करोड रुपैयाँमा आफ्नो भ्रूण बेच्दै
मेक्सिकोका एक इन्फ्लुएन्सर तथा व्यापारीले आफ्नो भ्रूण बिक्रीमा रहेको जानकारी दिएका छन् । उनले सन्तान उत्पादनमा कठिनाइको सामना गरिरहेका दम्पतीलाई आफ्नो भ्रूण किन्न प्रस्ताव राखेका छन् । आफ्नो भ्रूणबाट असाध्यै राम्रो बच्चा जन्मिने पनि उनले दाबी गरेका छन् ।
अडिटी सेन्ट्रलका अनुसार पोन्चो डे निग्रिस, मेक्सिकोका टेलिभिजन प्रस्तोता, व्यवसायी तथा इन्फ्लुएन्सर हुन् । मेक्सिकोको चर्चित रियालिटी सो बिग ब्रदरमा देखिएपछि चर्चामा आएका थिए । उनी र उनकी श्रीमतीले भविष्यमा सन्तान उत्पादन गर्ने सम्भावनाका बीच आफ्नो दुई वटा भ्रूण फ्रिज गरेर राखेका थिए । अब त्यही दुई वटा भ्रूण उनले बिक्रीमा रहेको जानकारी दिएका छन् । मेक्सिकोका ती सेलिब्रिटीले भ्रूणको गुणस्तरमा आफूले ग्यारेन्टी दिने र यसले मानव जातिको सुधार गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । उनले प्रत्येक भ्रूणको २ मिलियन डलर (२६ करोड रुपैयाँ) शुल्क तोकेका छन् ।
४६ वर्षका उनले आफ्नो भ्रूणका लागि मानिसबीच हानथाप हुने विश्वास राखेका छन् । उनी भन्छन्, ‘मेरो जिनको गुणस्तर निकै राम्रो छ । यसको म यस कारण पनि ग्यारेन्टी दिन सक्छु किनभने मेरी श्रीमती मार्सेला र मैले चार सन्तान जन्माएका छौँ । उनीहरूलाई देखेपछि सबै कुरा प्रस्ट हुन्छ ।’
निग्रिसले आफ्नो दुवै भ्रूण छोरीको भएको जानकारी दिँदै यसको गुणस्तरमा ग्यारेन्टी दिन विभिन्न जेनेटिक परीक्षण गरिएको समेत बताए ।
टेलिभिजन प्रस्तोताले भने, ‘मलाई र मेरी श्रीमतीलाई अब थप सन्तानको चाहना छैन त्यसैले मेरो फ्रोजन भ्रूणमा कसैको रुचि छ भने हामी सँगै बसेर कुरा गर्न सक्छौँ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण