एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव पाँच ओभर खेल्दै सवै विकेट गुमाएर दुई सय १६ रन बनायो ।
दुई सय १७ रनको लक्ष्य साउदी अरेवीयाले ३४ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । साउदीका लागि अब्दुल वाहिदले शतकीय पारी खेले । उनले एक सय आड बलमा एक सय २४ रन बनाए । यस्तै वकार उल हसनले ५५ तथा हिसम शेखले अविजित २१ रन बनाए । बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले दुई तथा खुरम शाहजादले एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहमद तनवीरले ४६, कमरान खानले ३६, इमाल लियाङ्गेले ३१ तथा मोहमद रिजलानले २८ रन बनाए । बलिङतर्फ साउदीका इश्तियाक अहमदले चार तथा अतिफ उर रहमान, जैन उल अवीदिन र अहमद बलादर्फले दुई दुई विकेट लिए ।
यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५५ रन बनायो । दुई सय ५६ रनको लक्ष्य कुवेतले ४४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । कुवेतका लागि यासिन पटेलले अविजित ६३, अदनान इद्रिसले ५६ तथा मित भावसरले ५४ रन बनाए । बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले ५३ तथा फैज अहमदले ४८ रन बनाए । बलिङतर्फ कुवेतका लागि सैयद मोनिवले चार विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर