चितवन–२ का मतदाता भन्छन्– नेताले पैसा र कुर्सी मात्रै हेरे
चितवन । चितवन २ का मतदाताहरूले नेताहरूको कमजोरीका कारण एउटै स्थानमा पटक पटक निर्वाचन हुन पुगेको भन्दै यसलाई राम्रो भन्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।
भरतपुर महानगरपालिकाका जयराम खत्रीले आइतबार मतदानपछि भने, ‘ यसरी पटक पटक निर्वाचन हुनु राम्रो होइन, आर्थिक भार थपिनुका साथै विकासका कामहरू अवरुद्ध हुन सक्छन् । यसका साथै चितवनमा फेरि पनि निर्वाचन हुन्छ कि भन्ने आशङ्का बढेको छ ।’ उनले पटक पटकको निर्वाचनले वितृष्ण पैदा हुन थालेको समेत बताए । ‘नेतृत्वसँग सुशासन र विकासको अपेक्षा भए पनि हुन सकेन । रविले स्वटन्टाजी भन्दा केही गर्नुभएन । यो राम्रो होइन’। उनको भनाइ छ ।
त्यस्तै ८० बर्सिया दिलकुमारी पराजुलीले ठुला नेताले राम्रो काम गर्न नसकेको गुनासो गरिन् । ‘ठुला नेताले राम्रो गरेनन्, अहिलेकाले गर्छन् कि भन्ने लागेको छ । युवाहरूले नेपालमै रोजगारी पाए हुन्थ्यो भन्ने लागेको छ’, पराजुलीको भनाइ छ ।
त्यस्तै चितवनको बालकुमारी मतदान स्थलमा मतदान गर्न आएका ८६ बर्सिया भीम बहादुर पौडेलले गठबन्धनका कारण चुनावप्रति उत्साह नभएको बताए । उनले पनि नेताहरू नमिल्दा चितवन २ मा उपनिर्वाचन भएको भन्दै गठबन्धनले अप्ठेरो पारेको बताए ।
‘नेताहरू नमिलेर फेरि चुनाव भयो । षड्यन्त्र भयो । दोबारा भयो’, उनले भने, ‘पहिलाको जस्तो खुसी छैन । आफ्नो भनेर भोट हाल्न पाइएन, गठबन्धनले अप्ठेरो पार्यो । ’
उनले नेताहरूले जनतालाई सुविधा दिने भन्दा पनि आफू पैसा कमाउन र कुर्सीमा पुग्न मात्रै खोजेको उनको गुनासो छ । ‘नेताहरूले पैसा र कुर्सी मात्र खोजे । जनताले पाउने सहयोग कमै पाएका छन् । आसलाग्दो नेता कोही भएनन्’पौडेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण