मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धिरज र जसिताले भने–दर्शकको प्रतिक्रियाबाट उत्साहित छौं

आइतबार, १० वैशाख २०८०, १४ : १७
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । फिल्म ‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रचारमा अभिनेता धिरज मगर र जसिता गुरुङ शुक्रबार र शनिबार पश्चिम नेपालको बुटवल, भैरहवा, कपिलवस्तु र नेपालगन्ज पुगेका  थिए । 

सोही क्रममा उनीहरुले उक्त स्थानका कलेजका विद्यार्थी, फिल्म हेर्ने दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए ।

दर्शकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दा फिल्मको विषयमा आफू उत्साहित रहेको अभिनेत्री गुरुङले बताइन् । ‘हामीलाई दर्शकले दिनुभएको मायाबाट अझै आत्मविश्वास बढेको छ’, उनले भनिन् ‘दर्शकलाई फिल्मको बारेमा हरेक कुरा थाहा रहेछ । यसले पनि फिल्मप्रति दर्शकको चासो कति छ भन्ने थाहा हुन्छ ।’

अभिनेता धिरज मगरले फिल्म हेर्न पश्चिम नेपालका दर्शकले देखाएको उत्साहले खुसी लागेको बताए । उनले भने,‘दर्शक र मिडियाकर्मीसँग साक्षात्कार गर्दा बल्ल फिल्मप्रति आम मानिसहरूको चासो  थाहा हुन्छ । यसपटक हामीले नजिकबाट दर्शकको फिल्मप्रतिको चासो र रुची बुझ्न पायौं । फिल्मको बारेमा दर्शकले सबैथोक थाहा रहेछ । यसले, उहाँहरुको फिल्म हेर्ने योजना प्रतिबिम्बित गर्छ ।’

रेनशा वान्तवा राईको निर्देशनमा तयार भएको फिल्मले अहिलेको पुस्ताको सपना र योजनाको कथा भन्छ । यही कथालाई रेनशाले डान्सको माध्यमबाट देखाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप