एसिसी प्रिमियर कप : ओमनले मलेसियालाई हरायो
काठमाडौँ । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।
ओमनका लागि जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए । उनले एक सय ११ बलमा १३ चौका र एक छक्काको मद्दतमा अविजित एक सय एक रनको योगदान गरेका हुन । त्यस्तै कस्यप प्रजापतिले ६६ रन जोडे भने जिसन मक्सुदले ५२ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद अमिरले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रनको योगदान दिएका थिए भने मुहम्मद स्याहदातले ५५ रन बनाए ।
बलिङतर्फ ओमनका जिसन मक्सुदले चार विकेट लिए भने आयन खान र विलल खानले समान दुई/दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण