शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हिमालयन शेर्पा र सातदोबाटो युथ क्लब बराबरीमा रोकिए

आइतबार, १० वैशाख २०८०, १९ : २९
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । हिमालयन शेर्पा क्लब र सातदोबाटो यूथ क्लबले राजधानीमा जारी सहिद स्माकर ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् । 

ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो यूथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो यूथ क्लबका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालयनका लागि निशान लिम्बू र सुशिल राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए । ११ औं मिनेटमा दीपकराजले टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै  निशानले गोल गरेका थिए । अग्रता छोट्याएसँगै मनोबल बटुलेको हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो । हिमालयनका लागि सुशिलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।

यससँगै दुवै टोलीले सहिद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।

लिगमा सोमवारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेल अन्तर्गत सोमवार विभागीय टोली एपिएफ क्लब र खुमलटार यूथ क्लवबीच एन्फा मुख्यालयमा खेल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप