हिमालयन शेर्पा र सातदोबाटो युथ क्लब बराबरीमा रोकिए
काठमाडौँ । हिमालयन शेर्पा क्लब र सातदोबाटो यूथ क्लबले राजधानीमा जारी सहिद स्माकर ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो यूथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो यूथ क्लबका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालयनका लागि निशान लिम्बू र सुशिल राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।
आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए । ११ औं मिनेटमा दीपकराजले टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।
दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै निशानले गोल गरेका थिए । अग्रता छोट्याएसँगै मनोबल बटुलेको हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो । हिमालयनका लागि सुशिलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।
यससँगै दुवै टोलीले सहिद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।
लिगमा सोमवारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेल अन्तर्गत सोमवार विभागीय टोली एपिएफ क्लब र खुमलटार यूथ क्लवबीच एन्फा मुख्यालयमा खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण