एपीएफ र आर्मीको विजयी सुरुआत
ललितपुर । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आइतबार महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।
ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा एपीएफले आयोजक ललितपुर महानगर पालिकालाई ३-० को सेटमा हराएर सुखद सुरुआत गरेको हो ।
एपीएफले ललितपुरमाथि २५ ६, २५-७ र २५-१४ को सेटमा जित निकालेको हो ।
यस्तै आर्मीले कोटेश्वर मल्टिपल क्याम्पसलाई ३-० को सेटमा हरायो । आर्मीले कोटेश्वरमाथि २५- ६, २५-४ र २५-५ को सेटमा जित निकाल्यो ।
पुरुषतर्फ ललितपुर महानगरपालिका सिटी र नेपाल गणतान्त्रिक खेलकुदले ज निकालेका छन् ।
ललितपुरले बोगटी समाज ललितपुरलाई २५- २०, २५-१८ र २५- १९ ले हराएको हो ।
नेपाल गणतान्त्रिकले पाटन मल्टिपल क्याम्पसलाई २५–१२, २५-२० र २५-१५ ले हराएको छ ।
ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापन रहेको प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ७ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण