शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता लेखकद्वारा सुख्खा बन्दरगाहबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

आइतबार, १० वैशाख २०८०, २० : ४२
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भारत सरकारले निर्माण गर्ने गरी प्रस्तावित कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष माग गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा नेता लेखकले देशकै महत्वपूर्ण  योजनाको रुपमा रहेको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायतका योजनाहरु सम्पन्न गर्नका लागि लिखित रुपमा नै ध्यानाकर्षण गराएका हुन् ।

कञ्चनपुरको दोधरा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गरिदिने प्रस्ताव गरेकाले  नेता लेखकले आसन्न भारत भ्रमणमा नै  दोधरा चाँदनीको सुख्खा बन्दरगाह ३ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता गर्न र आगामी आर्थिक वर्षदेखि नै निर्माण प्रकृयालाई तीव्रता दिनका आग्रह गरे । त्यस्तै  महाकाली करिडोर कञ्चनपुरको दोधरा चाँदनीदेखि दार्चुलाको टिंकर सम्मको सडकलाई रुपान्तकारी आयोजनाका रुपमा समावेश गर्न नेताको आग्रह  छ । महाकाली प्रादेशिक अस्पताल र दोधरा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आवश्यक जनसक्ति तथा उपकरणका लागि  बजेटको व्यवस्था गरिन माग राखे ।  

मझगाउ विमानस्थल निर्माणका लागि समेत आवश्यक बजेटको पनि नेता लेखकले माग गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणकै क्रम्मा  ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्झौता गरी निर्माण प्रकृया अगाडि बढाउने आश्वासन दिए ।  महाकाली करिडोरलाई रुपान्तकारी योजनाका रुपमा समावेश गरी निर्माण प्रक्रियालाई तीव्रता दिने र मझगाउँ विमानस्थल लगायतका आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता प्रतिबद्धता व्यक्त गरेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । 

भेटकै क्रममा नेता लेखकले बैतडी जिल्लाको पुरानो सीमा नाका झुलाघाटमा मोटरेबल पक्की पुल निर्माण र पञ्चेश्वर गाउपालिकामा झोलुंगे पुल निर्माणका लागि भारत सरकारसँग पहल गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा झुलाघाट र पञ्चेश्वरमा पुल निर्माणका लागि सम्झौता अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप