बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

उपेन्द्रको गढमा जनमतका कुशवाहाको अग्रता

सोमबार, ११ वैशाख २०८०, १५ : ३६
सोमबार, ११ वैशाख २०८०

बारा । बारा २ को जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । करैयामाई गाउँपालिका  वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा जनमतले अग्रता बनाएको हो । 

पछिल्लो मत परिणामअनुसार कुशवाहाले ३० मतको अग्रता बनाएका हुन् ।  हालसम्म  खसेको मत २०७४ मतमा जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत र कुशवाहाले ६०१ मत पाएका छन् । 

यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५१० मत प्राप्त गरेका छन् ।

करैयामाई गाउँपालिका वडा नम्बर १ र २ जसपाको गढ क्षेत्र मानिएपनि सोही क्षेत्रमा जनमतको अग्रता देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप