सहिद स्मारक ए डिभिजन लिग : एपिएफद्वारा खुमलटार पराजित
काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार यूथ क्लबलाई हराएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो ।
यस जितसँगै एपिएफ सहिद स्मारक ए डिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपिएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंक सहित ११ औं स्थानमा छ ।
खुमलटारविरुद्ध शुरुवातबाट नै आक्रमक देखिएको एपिएफले खेलको २५औं मिनेटमा गोलको खाता खोलेको थियो । बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्डोउ रमानीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा खुमलटार खेलमा फर्किनलाई निकै प्रयास गरेपनि सफल हुन सकेन ।
दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरेपनि खुमलटार खेलमा फर्किन असफल भयो । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको एपिएफले दोस्रो हाफमा दोस्रो गोल थप्न सफल भयो । ७० औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खुमलटारका गोलकिपर राजकुमार लिम्बूले पेनाल्टी बक्स भन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै अर्माण्ड बिडोमले टोलीका लागि दोस्रो गोल गर्न सफल भएका हुन् । बाँकी समयमा खुमलटार खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।
लिगमा मंगलबार तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै दशरथ रंगशालामा पहिलो खेल फ्रेण्ड्सले न्युरोड टिम एनआरटी (एनआरटी) बीच हुनेछ भने दोस्रो खेल जावलाखेल यूथ क्लब र चर्च ब्वाईज क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण