धुलो टकटक्याउन मात्र खुल्छ वीर अस्पतालको भीभीआईपी उपचार कक्ष
काठमाडौँ । लामो इतिहास बोकेको वीर अस्पतालको अति विशिष्ट (भीभीआईपी) उपचार कक्ष वर्षौँदेखि प्रयोगविहीन बनेको छ । सरकारका विशिष्ट व्यक्ति सामान्य स्वास्थ्य उपचार गराउन पनि विदेश जाने प्रवृत्तिले वीर अस्पतालको भीभीआईपी कक्ष उपयोगविहीन बनेको हो ।
विगत १६ वर्ष यता राष्ट्रका कुनै पनि भीभीआईपी वीर अस्पतालमा उपचारका लागि पुगेका छैनन् । राज्यले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतका विशिष्ट व्यक्तिलाई विदेशमा गरिने उपचारका लागि ठूलो धनराशि खर्च गर्छ ।
सामान्य स्वास्थ्य उपचारका लागिसमेत बेलाबेलामा भीभीआईपी विदेश धाउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । वीर अस्पतालमा तत्कालीन राजपरिवारका सदस्यहरूले क्याबिनमै बसेर उपचार गराएको अस्पतालको रेकर्डमा देखिन्छ । यद्यपि गणतन्त्र आएपछि कुनै पनि भीभीआईपी भनेर तोकिएका राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको नजरमा वीर अस्पताल परेको छैन ।
अस्पतालकी भीभीआईपी तथा भीआईपी उपचार कक्षकी इन्चार्ज सीता घिमिरेले यस कक्षमा उपचार गराउन वर्षौँदेखि कोही नआएको बताइन् ।
‘भीभीआईपी कक्ष सुविधासम्पन्न छ,’ उनले भनिन्, ‘म यहाँको इन्चार्ज भएपछि उपचारका लागि कोही पनि आउनु भएको छैन ।’
_IAPF9EFyDD.jpg)
नेपालमा सार्क सम्मेलन हुँदा अति विशिष्ट उपचार कक्षलाई अझै सुविधासम्पन्न बनाइएको उनले बताइन् । अस्पतालका अनुसार सार्क सम्मेलनका समयमा भीभीआईपी उपचार कक्षलाई थप सुविधासम्पन्न गराउन करिव २८ करोड खर्च गरिएको थियो ।
इन्चार्ज घिमिरेका अनुसार दाँतको उपचारका लागि पूर्व राष्ट्रपति डा.रामवरण यादव पुगेका थिए । वीर अस्पतालमा थप सुविधासम्पन्न भीभीआईपी कक्ष बनाए पनि भीभीआईपीहरु उपचारका लागि विदेश धाउने परम्परा कायमै छ । गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स ‘एम्स’मा पुगेका छन् ।
राष्ट्रपति पौडेलको फोक्सोमा देखिएको सङ्क्रमणमा सुधार नआएपछि उपचारका लागि भारत पुगेका हुन् । यद्यपि राष्ट्रपति पौडेल स्वदेशमा दक्ष चिकित्सक हुँदाहुँदै उपचारका लागि भारत गएको नेफ्रोलोजिस्टहरूको भनाइ छ ।
_CFtNI8mAaF.jpg)
वीर अस्पतालको सुविधासम्पन्न तर उपयोगविहीन भीभीआईपी उपचार कक्ष सरसफाइका लागि हप्ताको एकपटक खोल्ने गरिन्छ । सफाइसँगै शय्याको कभर, पर्दा, सोफाका कभर, कार्पेट धुने काम नियमित चलिरहेको तर यहाँ उपचारका लागि कोही नआएको कर्मचारीहरू बताउँछन् ।
भीभीआईपी उपचार कक्षमा ५ वटा कोठा छन् । जसमा बिरामीको कोठासहित भान्सा, आफन्त तथा स्वकीय सचिव बस्ने कक्ष, अतिथि कक्ष, कुरुवा, सुरक्षाकर्मी बस्ने कोठाहरू छन् ।
_sMI3TMyKN5.jpg)
वीर अस्पतालको विशिष्ट (भीआईपी) उपचार कक्षमा भने सात वर्ष यता ३९ जना उपचारका लागि भर्ना भएका थिए । भीभीआईपी तथा भीआईपी कक्षको रेकर्डअनुसार २०७२ सालमा २ जना उपचारका लागि भर्ना भएका भएका थिए । यस्तै २०७३ मा २ जना, २०७४ मा ४ जना, २०७५ मा ५ जना, २०७६ मा ९ जना, २०७७ मा ५ जना, २०७८ मा ८ जना, र २०७९ मा ४ जना उपचारका लागि भर्ना भएका थिए ।
जसमा २०७८ मा ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्री रमा रेग्मी, २०७९ मै स्वास्थ्यमन्त्री दुई पटकसम्म भर्ना भई उपचार गरेको थिए भने राज्यमन्त्री हिराबहादुर केसीले पनि उपचार गराएका थिए ।
सात वर्षको अवधिमा भीआईपी उपचार कक्षमा सांसदहरू, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका सचिव योगेश भट्टराई, सांसदहरू शान्ता चौधरी, मीनबहादुर विश्वकर्मा, नेतृ रामकुमारी झाँक्री लगायतले उपचार गराएका थिए ।
विशिष्ट उपचार कक्षमा ४ वटा कोठा छन् । यस कक्षमा बिरामी बस्ने कोठासहित भान्सा, सुरक्षाकर्मी बस्ने कोठा, अतिथि कक्ष, कुरुवा कक्ष छन् । सबै कोठामा अट्याच बाथरुम छ । यस्तै बिरामी उपचारका लागि भीभीआईपी र भीआईपी कक्षसँगै चिकित्सक र नर्सका लागि छुट्टै कोठा पनि छ ।
_1kXeMI4Sca.jpg)
उपचारका लागि तयार बस्छन् स्वास्थ्यकर्मी
भीभीआईपी र भीआईपी कक्षमा उपचार गराउन आउनेहरूका लागि सधैँ स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण सहित कक्षलाई तयारी अवस्थामा राखिरहेको वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए ।
‘वीरका भीभीआईपी र भीआईपी कक्ष सुविधासम्पन्न छन्,’ उनले भने, ‘बिरामी कुरेर बसेका छौँ तर, त्यति बिरामी आउनु भएको छैन । भीआईपी कक्षमा बेलाबेलामा उपचारका लागि आउने गर्नुहुन्छ ।’
दुईवटै कक्षमा जतिबेला उपचारका लागि आए पनि वीर अस्पताल तयारी अवस्थामा रहेको उनले बताए ।
उनले भने, ‘भीभीआईपी र भीआईपी कक्षमा उपचार गर्न आएपछि तत्काल अन्य वार्डसँग समन्वय गरी डाक्टर, नर्स तयारी अवस्थामा हुन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण