‘प्रसाद २’ लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया
काठमाडौँ । ‘प्रसाद २’ आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको सोमबार कमलपोखरी स्थित बिगमुभिजमा प्रिमियर गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक नरेश पौडेल, ज्ञानेन्द्र देउजा, प्रदीप भट्टराई, निर्माता कलाकार निर्मल शर्मा, रवीन्द्र सिंह बानिया, अभिनेत्री रेखा थापा, निर्देशक दिनेश डिसी, शोभित बस्नेत लगायत थुप्रै फिल्मकर्मी र रंगपत्रकारको प्रिमियरमा बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । प्रिमियरमा सहभागी धेरैले कलाकारको अभिनयको तारिफ गर्दा कतिपयले पटकथा र प्रस्तुतीकरणमा समस्या देखाए । फिल्मको सङ्गीतले समेत तारिफ पायो ।
_LzXJiQgzQp.jpg)
पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत तथा ब्याग्राउन्ड स्कोर रहेको छ । फिल्मका निर्माता सुवास थापा हुन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्देशक सुदर्शन थापा हरेक जनराका फिल्म उत्कृष्ट बनाउन सक्ने भन्दै ‘प्रसाद २’ राम्रो भएको प्रतिक्रिया दिए । अभिनेत्री रेखा थापाले पनि निर्देशक थापको कामको प्रशंसा गरिन् । उनले आफू निर्देशक सुदर्शन थापाको कामको सधैँ नै फ्यान भएको बताइन् ।
_HYUqEtnqAf.jpg)
निर्देशक शोभित बस्नेत कलाकार अर्पण थापाको अभिनयको तारिफ गरे । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतको अभिनय छ । फिल्म सुवास थापाले निर्माण गरेका हुन् ।
_manULzF2rN.jpg)
_3zhKaTTRTb.jpg)
_RjM5NgZfU5.jpg)
_bRUQPPDXfM.jpg)
_rT0ro3Wm9v.jpg)
_OcQHH0qcSa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण