शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

मङ्गलबार, १२ वैशाख २०८०, १४ : ४९
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ ।  भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रवक्ता समिर आचार्यका अनुसार उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको हो ।

पौडेल वैशाख ६ गतेदेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार एन्टिबायोटिक उपयोगका कारण उनमा शारीरिक रूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप