रसुवा भन्सारले छुट दिएको १ करोड ९० लाख असुल गर्न महालेखाको सुझाव
काठमाडौँ । रसुवा भन्सार कार्यालयले छुट दिएको १ करोड ९० लाख रुपैयाँभन्दा धेरै भन्सार शुल्क असुल्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । भन्सार कार्यालयले ३ शीर्षकमा दिएको छुट असुल्न पर्ने महालेखाको ६०औँ वार्षिक प्रतिवेदनमा औँल्याएको हो । रसुवा भन्सारले कम्प्युटरका इन्टरनल हार्ड डिस्क जाँच पास गर्दा छुट दिएको महसुल ३१ लाख ५३ हजार रुपैयाँ छुट दिएको छ । हार्ड डिस्क आयात गर्दा ५ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल गरी जाँच पास गर्नुपर्नेमा तोकिएभन्दा बढी छुट दिइएको पाइएको छ ।
यस्तै, स्पिकर पाट्र्स आयात गर्दा लाग्ने महसुलमा कार्यालयले ४३ लाख ३८ हजार रुपैयाँ छुट दिएको छ । भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत ४३ लाख ३८ हजार असुल गर्नुपर्ने समेत महालेखाले उल्लेख गरेको छ । यसबाहेक, हाइड्रोलिक तेल छुट दिइएको १ करोड १५ लाख ५५ हजार रुपैयाँ समेत असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । ७ वटा प्रज्ञापन पत्रमा उल्लेखित दरको औसत मूल्य प्रतिलिटर २१८ लाई आधार मानेर २ ट्यांकको १० हजार ४०० र ८ ट्यांकको १ लाख ६५ हजार समेत १ लाख ७६हजार ३८४ लिटर तेल आयात भएको थियो ।
हाइड्रोलिक तेल आयातमा लाग्ने १५ प्रतिशतले हुने भन्सार ५६लाख ८७ हजार र मूल्य अभिवृद्धि करसमेत ५७ लाख ६८ हजार गरी १ करोड १५ लाख ५५ हजार रुपैयाँ भन्सार महसुल असुल गर्नुपर्ने महालेखाले औँल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण