दार्चुलामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
बुधबार, १३ वैशाख २०८०, १५ : ४४
दार्चुला । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।
छब्बिस हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिए पनि अर्को बच्चा जन्माउन बच्चाको फोक्सोको विकास नभएका कारण थप उपचारका लागि बुधबार हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पताल दार्चुलाका चिकित्सक सोमराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको र जिल्ला अस्पताल दार्चुलामा जन्मिएको शिशुलाई सुर्खेत प्रादेशिक अस्पतालको आइसियुमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण