४ वर्षीया नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा
‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । चीनका ६५ वर्षका अवकाशप्राप्त एक वृद्धाले आफ्नै नातिनी अपहरण गरेर छोरीसँग ७० हजार डलर (करिब ९२ लाख रुपैयाँ) फिरौती मागेका छन् ।
चिनियाँ मिडियाका अनुसार युआन थर भएका वृद्धलाई जुवाको लत बसेको थियो । के सनक चढ्यो, उनी नातिनीलाई अपहरण गर्न उनको स्कुल गए । त्यसपछि नातिनीलाई उनको आमाबुवाको घरमा पुर्याइदिनुको साटो छोरीलाई सिधै फोन गरे । फोनमा उनले ‘छोरीलाई हेर्न मन छ भने ७० हजार डलर फिरौती देऊ’ भनेर धम्की दिए ।
एक पटक त उनले तीन दिनभित्र फिरौती रकम नबुझाए चार वर्षीय नातिनीको हत्या गरिदिनेसमेत धम्की दिए । उनकी छोरीले तत्काल यसबारे प्रहरीलाई खबर गरिन् । त्यसपछि युआन पक्राउ परे ।
घटना कहिलेको हो भनेर स्पष्ट जानकारी छैन तर साङ्घाई ल जर्नलले ती वृद्ध पहिले पनि जेल परिसकेको बताएको छ । उनले पक्राउ पर्नुको सबै दोष आफ्नी छोरीलाई दिएका थिए । साथै छोरीले आफ्नो भलाई के मा हुन्छ भनेर नसोचेको र आफ्नो जीवनलाई सहज बनाइदिनुको साटो मरे हुन्छ जस्तो व्यवहार गरेको आरोप पनि लगाए । उनले आफ्नी छोरीलाई कृतघ्न भने ।
युआनको यस्तो व्यवहारपछि धेरैले उनलाई बुवा र हजुरबुवा हुन लायक नभएको भन्दै गाली गरे । कतिले उनकी छोरीलाई बुवासँगको सबै सम्बन्ध तोडिदिन सल्लाहसमेत दिए ।
अडिटी सेन्ट्रलका अनुसार ती व्यक्ति जेलमा हुँदा छोरीसँगको सम्बन्ध बिग्रिएको तर पूर्व श्रीमतीको सहयोगमा उक्त सम्बन्ध पुनः सुमधुर भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण