शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ऐन निर्माणका लागि पहल जारी छ : अध्यक्ष केसी

बुधबार, १३ वैशाख २०८०, १६ : १९
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताएका छन् । बुधवार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने प्रतिबद्धता जनाएको बताएका हुन् । 

उनले भने, ‘चलचित्र विकास बोर्डले कहाँ सहयोग गर्नुपर्ने हुन्छ चलचित्र विकासका लागि त्यो सहयोग गर्न हामी तयार छौँ । चलचित्र ऐन बनाएर हामीले मन्त्रालयमा बुझाइसकेका छौँ, मन्त्रालय र मन्त्रीज्यूले यसलाई सक्दो चाँडै कार्यान्वयनमा लैजाने आश्वासन दिनुभएको छ ।’ अध्यक्ष केसीले सरकार, सम्बन्धित निकाय र कलकार तथा सञ्चारमाध्यम सबै मिलेर चलचित्र विकासमा सहयोग गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप