शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु

बिहीबार, १४ वैशाख २०८०, ११ : ५०
बिहीबार, १४ वैशाख २०८०

दाङ । दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।  दाङको बङ्गलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती  केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले  जानकारी दिए ।

गौतमका अनुसार घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले  जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप