नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल
सारांश
- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आत्मदाहको प्रयास गरेका छन्।
- प्रमुख सचेतक युवराज दुलालले सरकारी सेवा प्रवाहको चुस्तता र जिम्मेवारीमाथि प्रश्न उठाउँदै यस्तो घटनाले सरकारको ध्यानाकर्षण गराएका हुन्।
- दुलालले नागरिकका समस्याप्रति संवेदनशील हुन र सेवा प्रवाहलाई तत्काल सुधार गर्न सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
प्रमुख सचेतक दुलालले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको संसद्लाई जानकारी गराए। सम्बोधनका क्रममा दुलालले सरकारी सेवा प्रवाहको चुस्तता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाए।
उनले भने, ‘जनताको घरदैलोमै राहदानी पुर्याउने उद्घोष गरेको सरकारले सेवा प्रवाहमा ढिलाइ गरेकै कारण सेवाग्राहीले यस्तो आत्मघाती कदम चाल्नुपरेको देखिन्छ।’ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ भनी उनले प्रश्न गरे। उनले थपे, ‘कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो?’
उक्त घटनाप्रति दुःख प्रकट गर्दै प्रमुख सचेतक दुलालले सरकारलाई नागरिकका समस्याप्रति संवेदनशील हुन र सेवा प्रवाहलाई तत्काल सुधार गर्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण