फिल्म ‘दिमाग खराब’ मा होला त दीपक र निश्चलको सहकार्य ?
काठमाडौंँ । ‘दिमाग खराब’ निश्चल बस्नेतले निर्देशन तयारी गरेको फिल्म हो । बस्नेतल यो फिल्मको तयारी गरेको लामै समय भयो । ‘लुट’ जस्तो सुपरहिट फिल्म दिएका बस्नेतले त्यसपछि केही फिल्म दिए । तर त्यसको ब्यवसाय सोचेजस्तो हुन सकेन । त्यसैले यो फिल्म हिट बनाउने कसरतमा उनी छन् । ६ वर्षपछि निर्देशनमा फर्किन लागेका उनले फिल्मका लागि तयारी पनि राम्रो गरेका छन् ।
टिम बलियो भयो भने फिल्मको व्यवसाय राम्रो हुने बुझेका उनी निर्माण हतारभन्दा पनि राम्रो बनाउन लागेका छन् । त्यसैले फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल फाइनल गरेका छन् । फिल्मका लागि दीपकराज गिरी समूहलाई पनि जोड्ने उनको प्रयास थियो । त्यो भने असफल भएको बुझिएको छ । किनभने केही दिन अगाडि ‘छक्का पञ्जा ४’ को ५१ औं दिने सफलताको कार्यक्रममा दीपकराज गिरीले फिल्मम काम गर्ने विषयमा छलफल भए पनि सहकार्य सम्भव नभएको बताए । ‘फिल्ममा जोडिने बिषयमा कुरा भएको हो । तर, धेरै ‘टर्म एन्ड कन्डिसन’ले गर्दा हुन सकेन’, उनले भने ‘मैले त्यो प्रोजेक्टमा आफूलाई पाइनँ । कुरा यत्ति मात्र हो ।’
तर निश्चल भने मिलेसम्म अझै दीपकराज गिरीको समूह जोड्ने खोसिस रहेको बुझिएको छ । फिल्मको छायांकन नहँुदै आगामी कात्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । जनता र शक्तिको कथामा बन्न लागेको फिल्मलाई रौनक विक्रम कँडेलले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण