वैशाख महिनामा कोरोना : १ हजार ३८१ सङ्क्रमित, ६ जनाको मृत्यु
काठमाडौँ । विश्वभर तीव्र गति फैलिरहेको ओमिक्रोनको एक्सबीबी.१.१६ भेरियन्ट नेपालमा पुष्टि भएसँगै पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २० गते सो भेरियन्ट नेपालमा समेत पुष्टि भएको जानकारी गराएको थियो ।
मन्त्रालयका अनुसार वैशाख महिनामा मात्र १ हजार ३८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पीसीआर विधि तथा एन्टीजेन विधिबाट २१ हजार ३५७ जनाको नमुना परीक्षण गरिएको थियो । वैशाख महिनामा हालसम्म सङ्क्रमणको औसत दर ६.४६ प्रतिशत रहेको छ । पछिल्ला १३ दिनमा ७८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर ५९५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ । नेपालमा औसत निको हुने दर ९८.७ प्रतिशत छ ।
यो महिना थप ६ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोभिड महामारी सुरु भएयता नेपालमा १२ हजार २८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुनेको दर १.२ प्रतिशत छ । बुधबारसम्म २९ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् भने ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण