११ लाखभन्दा बढी बालबालिकालाई पोषण भत्ता उपलब्ध हुने
काठमाडौँ । नेपालमा पाँच वर्ष मुनिका ७५ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको पाइएको छ । साथै ११ लाख भन्दा बढी बालबालिकालाई बालपोषण भत्ता उपलब्ध हुने गरेको समेत बताइएको छ । राजधानीमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले बालपोषणको अवस्थामा केही सुधार आएको समेत बताएका छन् ।
कार्यक्रममा बालअधिकारकर्मी वसन्तराज गौतमले सन २००१ मा १००० जन्ममा मृत्यु दर ९१ रहेकोमा २०२२ सम्म आउँदा प्रति हजार ३३ मा झरेको बताए । नेपालको जनसांख्यिक स्वास्थ सर्वेक्षण २०२२ ले समेत सोही कुरा उल्लेख गरेको उनले बताए । कार्यक्रममा युरोपियन युनियन, युनिसेफ, सेभ द चिल्डे«न, लगाएतका विकासका साझेदार संस्थाहरुले नागरिक सघंसस्था सञ्जाल र सरकारसँगको सहकार्यमा बालपोषण भत्ताको रकम र जिल्ला बढाउन नियमित पैरवी गर्दै आइरहेको बताए ।
कार्यक्रममा सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपाल सरकारले अन्तराष्ट्रिय रुपमा गरको प्रतिबद्धता हासिल गर्न, सन् २०२५ सम्ममा शून्य बालकुपोषणको राष्ट्रिय लक्ष्य हासिल गर्न र ५ वर्ष भन्दा मुनिका बालबालिकाको जन्म दर्ता गरी बालअधिकारको सुनिश्चित गर्न बाल पोषणमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी बालअधिकारकर्मी डा.कृष्ण सुवेदीले दिगो विकासका १७ लक्ष्यमध्ये १२ वटा लक्ष्यहरु पोषणसँग सम्बन्धित रहेकोले त्यसका लागि अधिकतम लगानी गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा दशवटा भन्दा बढी बालबालिकाको क्षेत्रमा कृयाशील सञ्जालहरु, पाचँवटा विकासका साझेदार संस्थाहरु सहित २६ संघसंस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण