सहिद स्मारक ए डिभिजन लिग : एपिएफले फ्रेण्ड्ससँग अंक बाँड्यो
काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो । यससँगै दुवै टोली १३ औं चरणको खेलमा १–१ अंक बाँड्दै पहिलो राउण्डको लिगमा बिट मारेका छन् ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले स्पष्ट तीन अंकका लागि खेलेका थिए । सुरुवातबाट नै ललितपुरे टोली फ्रेण्ड्समाथि आक्रामक रणनीति अपनाउँदै खेलेको एपिएफले २७ औं मिनेटमा प्रदिप लामाको पासमा अग्रता निकालेको थियो । कप्तान नविन लामाले पेनाल्टी बक्स बाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदिपले गोलमा परिणत गर्न सफल भएका थिए ।
त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपिएफले थप गोल गर्न सकेन । दोस्रो हाफमा फ्रेण्ड्सले सुधारिएको प्रदर्शन ग¥यो । ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काए । बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेण्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यससँगै विभागीय टोली एपिएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ । एपिएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेण्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ । लिगमा शुक्रवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम (एनआरटी) र थ्री स्टार क्लवबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण