शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा एकैदिन दुई पुरुषको शव फेला

बिहीबार, १४ वैशाख २०८०, २० : ५२
बिहीबार, १४ वैशाख २०८०

जनकपुरधाम । धनुषामा बिहीबार दुई पुरूषको शव फेला परेको छ । नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय पुरुषको शव फेला परेको छ । ती पुरुषको सनाखत हुन नसकेको धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

यस्तै धनुषाकै गणेशमान चारनाथ नगरपालिका –१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय युवको शव फेला परको हो । युवकको शवको पनि सनाखत हुन सकेको छैन ।

दुबै मृतकको शव पोस्टमाटर्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुबै मृतकको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । दुबै जनाको मृत्यु के कति कारण भएको खुल्न नसकेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप