धनुषामा एकैदिन दुई पुरुषको शव फेला
बिहीबार, १४ वैशाख २०८०, २० : ५२
जनकपुरधाम । धनुषामा बिहीबार दुई पुरूषको शव फेला परेको छ । नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय पुरुषको शव फेला परेको छ । ती पुरुषको सनाखत हुन नसकेको धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
यस्तै धनुषाकै गणेशमान चारनाथ नगरपालिका –१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय युवको शव फेला परको हो । युवकको शवको पनि सनाखत हुन सकेको छैन ।
दुबै मृतकको शव पोस्टमाटर्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुबै मृतकको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । दुबै जनाको मृत्यु के कति कारण भएको खुल्न नसकेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण