रास्वपाको रङ अझै स्पष्ट भएको छैन : अध्यक्ष लिङ्देन
बुटवल । छोटो समयमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङ अझैसम्म स्पष्ट नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिप्पणी गरेका छन् । लिङ्देनले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याए पनि अझै उसको रङ भने स्पष्ट हुन नसकेको बताएका हुन् । आज राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु आएका उनले पत्रकारसँग कुरा गर्दै राप्रपासहितका काँग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरूको रङ भने प्रस्ट भइसकेको जिकिर गरे ।
लिङ्देनले रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको पनि दाबी गरे । उनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुँदै गएको भन्ने देखिएको बताए । उनले राप्रपाका मूल एजेन्डालाई केही वर्षभित्रै काँग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे । अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ वर्षदेखि हुन नसकेको विद्युत् सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढी गण्डकी, दुधकोशी जस्ता जलाशययुक्त आयोजनाहरू बन्ने सुनिश्चितता गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण