सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रास्वपाको रङ अझै स्पष्ट भएको छैन : अध्यक्ष लिङ्देन

शनिबार, १६ वैशाख २०८०, १८ : २९
शनिबार, १६ वैशाख २०८०

बुटवल । छोटो समयमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङ अझैसम्म स्पष्ट नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिप्पणी गरेका छन् । लिङ्देनले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याए पनि अझै उसको रङ भने स्पष्ट हुन नसकेको बताएका हुन् । आज राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु आएका उनले पत्रकारसँग कुरा गर्दै राप्रपासहितका काँग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरूको रङ भने प्रस्ट भइसकेको जिकिर गरे  । 

लिङ्देनले रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको पनि दाबी गरे । उनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुँदै गएको भन्ने देखिएको बताए । उनले राप्रपाका मूल एजेन्डालाई केही वर्षभित्रै काँग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे । अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ वर्षदेखि हुन नसकेको विद्युत् सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढी गण्डकी, दुधकोशी जस्ता जलाशययुक्त आयोजनाहरू बन्ने सुनिश्चितता गरेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप