फखरको उत्कृष्ट ब्याटिङमा पाकिस्तानको रेकर्ड ‘रन चेस’
रावलपिन्डी । फखर जमानको १ सय ८० रनको मद्दतले पाकिस्तानले न्युजिल्याण्डमाथि ७ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको ३ सय ३७ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी छँदै ३ विकेटको क्षतिमा पछ्यायो । एकदिवसीय क्रिकेटमा पाकिस्तानले पछ्याएको दोस्रो ठुलो लक्ष्य हो । यसअघि सन् २०२२ मा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध लाहोरमा ३ सय ४९ को लक्ष्य पछ्याएको थियो ।
लगातार तेस्रो शतक हिर्काएका जमानले मात्र १ सय ४४ बलमा १ सय ८० रनको बनाएका थिए । उनले यसक्रममा ६ छक्का र १७ चौका हिर्काए । उनलाई कप्तान बाबर आजमले ६५ रन तथा मोहमद रिजवानले ५४ रन बनाउँदै राम्रो साथ दिए । न्युजिल्याण्डका लागि म्याट हेनरी, हेनरी सिप्ले र इस सोधीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा उत्रेको न्युजिल्याण्डले डार्यल मिचेलको शतकको मद्दतले ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनाएको थियो । मिचेलले १२९ बनाए । त्यस्तै कप्तान टम ल्याथम ९८ रन बनाएर शतक बनाउन मात्र २ रनले चुकेका थिए । च्याड बोवेसले ५१ रनको योगदान दिए । पाकिस्तानका ह्यारिस राउफले ४ विकेट तथा नसिम साहले १ विकेट लिए । ५ खेलको शृङ्खलामा पाकिस्तानले २–० को अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण