आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच कारोबार सम्झौता
आइतबार, १७ वैशाख २०८०, १२ : ०३
काठमाडौँ । आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आई पे रेमिटको कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषि राम ढकालले हस्ताक्षर गरेका छन् ।
यससँगै आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटेन्स रकम राष्ट्रिय वाणिज्य बैंकको शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
विगत १२ वर्ष देखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपालभर छरिएर रहेका २००००ंं+ बढी साझेदारबाट भुक्तानी सेवा दिँदै आएको छ ।
साथै कम्पनीले रियल टाइम अकाउन्ट डिपोजिट/रियल टाइम आलेट टपअप र क्यास पिकअप सुविधासमेत प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण